Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दाहाल र चन्दबीच भेटवार्ता

३० असार, कामठाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

ललितपुरको खुमलटारमा दाहाल र चन्दबीच भेट भइरहेको दाहालको स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो । दाहाललाई भेट्न चन्दसहित नेकपा नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुग्नुभएका छन् ।

दाहाल(चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको हो । अराजक गतिविधि गरेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि चन्द अर्धभूमिगत हुनुभएको थियो । उहाँ ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आउनुभएको हो  ।

 

WRITE COMMENTS FOR THIS ARTICLE