Date
बिहि, जेष्ठ ३, २०८१
Thu, May 16, 2024

जसपाबाट दुई मन्त्री, स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई

२४ फागुन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)लाई नयाँ मन्त्रीमण्डलमा दुई मन्त्रालय भाग लागेको छ । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो ।

पछिल्लो सरकारको समिकरणमा भागवण्डा चलिरहेको बेला जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE