Date
सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एक वर्षमै १२ हजार पुगे कोरिया

काठमाडौं – वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् ।

कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ । कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन् ।

अघिल्ला वर्षहरूमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए । पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाख भन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए ।

‘कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ । यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ, प्रमुख कटुवालले कारोबारसँग भने कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE