Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए

१० बैशाख, काठमाडौँ – शुक्रबार नेपालमा कोरोनाभाइरसका २ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन् । ९ हजार ६ सय ६४ वटा पीसीआर र एन्टीजेनका नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेको छ । २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ३ हजार १ सससय २२ पुगेको छ ।

४ सय १० जना निको भएका छन् । निको हुनेको संख्या २ लाख ७६ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या १४ हजार ७ सय २४ पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी संक्रमित हुनेमा २० देखि २९ तथा ३० देखि ३९ वर्ष उमेर समूहका छन् । १ सय ९९ जना बालबालिका संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE