Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विद्यालय आउने अभिभावकलाई पुरस्कार !

२ बैशाख, काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाई सिकाइ अभिवृद्धि गर्ने उद्देश्यले अभिभावकलाई विद्यालय आउन प्रेरित गर्ने तथा पुरस्कृत गर्ने अभियान सुरु गरिएको छ ।

स्थानीय अभिभावकको क्रियाशीलता बढाउन सके विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, विद्यालयको व्यवस्थापनमा सहज हुने तथा विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षा कोठामा ल्याउने सरकारी अभियान सफल बनाउन सहज हुने भएपछि अभिभावकलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको हो ।

जिल्लाको खानीखोला गाउँपालिकाका विद्यालयहरूले यस वर्षबाट पाँच जना क्रियाशील अभिभावक चयन गरेर पुरस्कृत गर्ने अभियान थालेका हुन् । गाउँपालिकाको महेन्द्र प्राथमिक विद्यालयले पाँच अभिभावकलाई पुरस्कृत गरेको छ ।

स्थानीय अभिभावक बाटुलीमाया थोकर, बुद्ध सिङ्ताक, राजकुमार तितुङ, शुक्रबहादुर घिसिङ र मखमली सारूमगरलाई पुरस्कृत गरिएको हो । यसबाट कक्षामा विद्यार्थीको उपस्थिति बढेको विद्यालयका प्रधानाध्यापक कमल पुलामी बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE