पूर्व सभामुख महरा पत्नी गम्भीर बिरामी, हेलिकोप्टरबाट काठमाडाैँ ल्याइयो
१४ कात्तिक
दाङ – श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। पूर्व सभामुख महराकी श्रीमती सीता महिरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो ।
एभरेष्ट एयरलाइन्सको हेलिकोप्टर मार्फत घोराहीबाट ५९ बर्षीया सीता महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं पठाइएको हो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ । महराले श्रीमती बिरामी भएको बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE