Date
आइत, कार्तिक ७, २०७८
Sun, October 24, 2021

आज चीनबाट ४४ लाख खोप नेपाल ल्याईदै

१ असोज, काठमाडौँ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको  खोप आज चीनबाट ल्याइने जानकारी दिनुभएको छ । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने गइसकेको बताउनुभयो। उहाँका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE