Date
आइत, मंसिर १८, २०७९
Sun, December 4, 2022

स्पेनले जोर्डनलाई हरायो

काठमाडौं – फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई हराएको छ । बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा गाभीले गोल गर्दा स्पेनको अग्रता २-० को बनायो ।

निको विलियम्सले ८४ औं मिनेटमा गोल गरेपछि स्पेनको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा जोर्डनका हाम्जा अल डारडौरले गोल गरेपनि स्पेन ३-१ ले विजयी भयो ।

विश्वकपमा स्पेन समूह ‘ई’ मा रहेको छ । यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ । स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE