Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सिराहामा जबरजस्ती करणी सहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्राधिकरण कर्मचारीको संलग्नता

✍️ओमप्रकाश यादव

सिराहा, माघ २५ गते : जिल्ला प्रहरी कार्यालय सिराहाले दुई फरक मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका -४ घर भएका करीब ३२ वर्षीय विशाल राई रहेका छन्। राईलाई “जबर्जस्ती करणी” मुद्दा र “विद्युतीय कारोबार ऐन अन्तर्गत कसूर” मुद्दामा फरार रहेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक(डीएसपी) वीरेन्द्र कुमार पासवानका अनुसार जिल्ला प्रहरी कार्यालय सिराहा र विशेष प्रहरी टोलीको संयुक्त टोलीले राईलाई सिराहा नगरपालिका ७ स्थित हेमनारायण चौकबाट पक्राउ गरेको हो । पक्राउ परेका राई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा सिराहाका कर्मचारी समेत रहेको बताइएको छ।
पक्राउ परेका राईलाई आवश्यक कारबाही थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमाडौं साइबर ब्यूरो शाखामा पठाएको सूचना अधिकारी पासवानले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE