प्रदेशसभा विघटनको बाटोमा नलाग्न प्रदेशप्रमुखलाई जनमोर्चाको चेतावनी
२९ जेठ, काठमाडौँ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा विघटनको षड्यन्त्रमा नलाग्न प्रदेश प्रमुख सीताकुमारी पौडेलाई चेतावनी दिएको छ ।
विपक्षी दलले ३१ जना प्रदेशसभा सदस्यसहित उपस्थित भएर सरकारको दाबी गर्दा पनि प्रदेशप्रमुखले आलटाल गरेर प्रदेशसभा नै विघटन गर्ने षड्यन्त्र गरिरहेको जनमोर्चाको आरोप छ । जनमोर्चाले पृथ्वीसुब्बा गुरुङको सरकारको बर्हिगमनका लागि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उलङ्घन गरेकै कारण कृष्ण थापालाई दुई दुई पटक सांसद पदबाट हटाएर स्थान रिक्त गराएको स्मरण गराएको छ ।
कृष्ण थापालाई पदबाट हटाई स्थान रिक्त रहेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको अवस्थामा सांसद नै नभएको व्यक्तिको नामबाट संसदीय दलको नेताको रुपमा प्रदेश प्रमुखकहाँ आफ्नो समर्थन पृथ्वीसुब्बा गुरुङलाई रहेको भनेर दिएको निवेदन स्वतस् झुटो र कपोलकल्पित रहेको जनमोर्चाले जनाएको छ ।
एमाले गण्डकी प्रदेश संसदीय दलले अनाधिकृत रुपमा राष्ट्रिय जनमोर्चाको पृथ्वीसुब्बा गुरुङलाई समर्थन रहेको भनेर सांसद नै नभएको व्यक्तिलाई प्रयोग गरी झुटो निवदेन दिन लगाउने निन्दनीय र भर्त्सनीय कार्य गरेको जनमोर्चाको आरोप छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE