स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गरेर चुनाव गर्न सम्भवः प्रधानमन्त्री ओली
स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गरेर चुनाव गर्न सम्भवः प्रधानमन्त्री ओली
७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीच चुनाव गर्न असम्भव नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बेलायत, अमेरिका लगायतका देशहरुमा महामारीकै बीच चुनावी गतिविधि र चुनाव भएको दृष्टान्त देखाउँदै चुनाव असम्भव नरहेको बताएका हुन् ।
बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले हाल अक्सिज अभाव, अस्पतालको शैया व्यवस्थापन लगायतका समस्या पनि समाधान हुँदै गएकोले चुनाव सम्भव रहेको बताए । उनले देश चुनावमा गएमा तोकिएका सबै स्वास्थ्य मापदण्ड पुरा गरी चुनावमा जान सकिने जिकिर गरेका थिए ।
यसैपनि चैतमा स्थानीय निकायको चुनाव गर्नुपर्ने भएकाले केही महिनाअघि संसदको चुनाव गर्न सकिने प्रधानमन्त्री ओलीले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE