मनसुनी वायुको प्रभाव कायमै, आगामी शुक्रबारसम्म देशभर बर्षा हुने
३१ भाद्र
काठमाडाैँ – आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE