Date
मङ्ल, माघ १, २०८१
Tue, January 14, 2025

फ्रान्स र युएईद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

१९ जेठ, काठमाडौँ – युएई सरकारले कोभिड(१९ को संक्रमण नियन्त्रका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क २ लाख ४३ हजार ६ सय, गाउन १५ हजार ,पन्जा २० हजार, भेन्टिलेटर बीप्याप १ सय ५० र १ सय ५० ट्रलि सहयोग गरेको हो ।

त्यसैगरी, फ्रान्सेली सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई पाँच लाख चार हजार एफएफपीटू मास्क, २० हजार दुई सय २५ एन्टिजेनिक परीक्षण किट, १२ हजार प्रोटेक्सन र १४ रेस्पिरेटर्स हस्तान्तरण गर्नुभएको छ ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री ल्याइपुर्‍याइएको थियो । नेपाल-फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको हो ।

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE