शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त
१९ वैशाख, काठमाडौँ – लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE