नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ
२६ फागुन
काठमाडौँ – कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका एक प्रहरी अधिकारीले बताए ।
गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको प्रहरी अधिकारीले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE