धुम्बाराहीमा केपी ओली र माधव नेपालबीच बैठक सुरू
२ चैत
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक सुरु भएको छ । एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक रुपमा पहिलोपटक छलफलमा बसेका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, उपनेता सुवासचन्द्र नेम्वाङ र रघुजी पन्त, सचिव प्रदिप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल सहभागी छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE