Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

फेसबुकले गर्‍यो नाम परिवर्तन

१२ कार्तिक, एजेन्सी – फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी ९भीआर० प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो।

यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन।

पछिल्लो समय फेसबुकबारे विभिन्न नकारात्मक समाचार आइरहेको अवस्थामा फेसबुकले आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने भएको हो।

केही समयअघि मात्र फेसबुक प्रयोगकर्ताको सुरक्षा भन्दा पनि आफ्नो नाफा बढाउन केन्द्रित हुने गरेको विवरण सार्वजनिक भएको थियो।

यसअघि सन् २०१५ मा गुगलले पनि कम्पनीको संरचना परिवर्तन गर्दै अल्फाबेटलाई माउ कम्पनी बनाएको थियो। यद्यपि गुगलको नाम भने परिवर्तन गरिएको थिएन।

WRITE COMMENTS FOR THIS ARTICLE