ट्रकको ठक्करबाट एक युवकको मृत्यु
१६ असोज, रौतहट – भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ । रौटहटको चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको हो ।
मृत्यु हुनेमा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको रहेका छन् । शुक्रबार राति ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकलाई ठक्कर दिएको थियो ।
युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो । ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE