Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

एमाले बैठकः जातीय विभेदलाई प्रश्रय दिएका मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

एमाले बैठकः जातीय विभेदलाई प्रश्रय दिएका मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

१६ असार, काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ ।

जातीय विभेदलाई प्रश्रय दिएर विवादमा आएका मन्त्री श्रेष्ठमाथि बैठकमै राजीनामा माग भएको हो ।

केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले प्रश्न गर्दै जातीय विवादलाई प्रश्रय दिएको भन्दै राजीनामा माग गरेका हुन्।

बैठकमा मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराइएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE