Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

युरोकपः ‘क्वार्टरफाईनल’ समिकरण तय

युरोकपः ‘क्वार्टरफाईनल’ समिकरण तय

१६ असार, काठमाडौं– जारी युरोकपको १६ औं संस्करणको खेलअन्तर्गत क्वार्टफाईनलको समिकरण तय भएको छ ।

अन्तिम १६ का खेल सकिएसँगै अन्तिम ८ अर्थात् क्यार्टरफाइनलको समिकरणको टुंगो लागेको हो ।

अन्तिम १६ का खेल सकिएसँगै बेल्जिमय, चेक रिपब्लिक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

युरोकपका क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन् ।

क्वार्टरफाइनल अन्तर्गत सुरुको दिनका खेल अन्तर्गत स्विट्जरल्यान्ड भर्सेस स्पेन शुक्रबार राति ९ः४५ बजेदेखि सेन्ट पिटर्गवर्ग मैदानमा सुरु हुनेछ भने सोही दिनको अर्को खेलमा बेल्जियमको भेट इटालीसँग म्युनिखमा शुक्रबार राति १२ः४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो दिनको खेलमा शनिबार राति ९ः४५ बजे देखि बाकुमा चेक गणतन्त्र र डेनमार्कबीच भिडन्त हुनेछ भने युक्रेन भर्सेस इंग्ल्यान्ड राति १२ः४५ बजे रोममा सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE