Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

इभान इन्टरटेन्मेन्ट प्रालिले निर्माण गर्ने चलचित्र ‘ ए साथि सुन’ को शुभमुहूर्त

२७ फागुन
काठमाडौँ – इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने ‘ए साथि सुन’ शुभमुहूर्त गरिएको छ । महाशिवरात्रीको अवसरमा , खोकना कार्यबिनायक चलचित्रको शुभमुहूर्त गरिएको हो ।

विना कार्कीको निर्माणमा बन्ने चलचित्रको छायांकन चैत्र २ गते देखि हुनेछ । नायिका बर्षा शिवाकोटी र नव नायक रमेश बानिँया , जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहको अभिनय रहने चलचित्रको निर्देशन रामराघव आचार्यले गर्नेछन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने चलचित्रमा किरण भुजेल, अन्जु पन्त पार्श्व गायन रहनेछ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, कुमार महर्जनको द्धन्द निर्देशन, रहने छन । चलचित्रको छायांकन हेटौँडा र विरगञ्जमा हुने चलचित्र निर्माण टोलीले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: