भ्रष्टाचार देश भएपनि !
देशले रगत मागे
गर्धन छिनाई दिनेछु
यो देशमा आँखा गाडे
कसैको ज्यान पनि लिनेछु।।
भ्रष्टाचार देश भएपनि
विर गोर्खालीको योगदान छ,
कयौँ वर्ष लडेर पुर्खाले दिएको बलिदान छ।।
आज देशमा भ्रष्टाचारको कुँजी बनि रहेछ
कयौँ नेपाली दाजु भाईको पसिना खेर गइरहेछ,
नेताका छोरा, छोरी चिल्लो गाडीमा हिड्ने
जनताका छोरा छोरी खाडीमा रगत पसिना गिड्ने
भूमीको माटो पुर्खाले तिमीलाई नै थम्याको छन् ।
त्यसैले त म देशले रगत मागे
गर्धन छिनाई दिनेछु ।।
भूमिको माटो पुर्खाले आवजी तिमीलाई थम्याको छ
तिमीले भने आफ्नो माटो परायालाई सुम्पेको छ
यो कस्तो चल्न हे मेरो सरकार मलाई बताईदेऊ
मेरो आमाले सुम्पेको थाग्नो मलाई दिलाई देऊ ।।
यो तिम्रो ससुरालीको दाईजो होईन दाईजो नठाने
मेरो यो जन्म भूमीलाई बिक्री गर्ने पल्टिङ्ग नमाने
यही हातले तिमीलाई लाईन बसी भोट हालैला
भोट् हाल्छु कुर्सी पाउँछौ होली वाईन बाढौँला।।
यो मेरो भनाई आमालाई होईन भ्रष्टचारीलाई हो
यो मेरो मर्म आमालाई होईन घुसका लुछेत्रालाई हो
मेरो यो भनाई आमालाई होईन निर्मला हत्या लुकाउने लुकैटोलाई हो
यो मेरो भनाई राष्टलाई होईन घुस्न्टे नेतालाई हो।
यो मेरो भनाई सुनेर मेरा देशका नेताहरू सुध्रिएर
मेरो देशलाई स्वर्ग सम्मान बनाएको हेर्न चाहन्छु ।।
जय मेरो देश। जय मेरो नेपाल, जय मेरी नेपाल आमा !!
भेषराज सापकोटा
आरूबारी, काठमाडौं
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE