Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

कविता-“यात्री”

कविता-“यात्री”

कवि : ओ हेलो कम्रेड, हेर्दै नहेरी कता हो जाने
धेरै समय भयो हाम्रो भेट न’भा’नि
एकै छिन बसम, खाएर जानुहोस पानी
अनुहारमा अर्कै जोस देख्छु त के हो, के को छ मनमा खानी
रिसानि माफ होस् सोधे है, मैले, जानि नजानि ।।

यात्री : हुन्छ कवि ज्यु, नमस्कार गरेँ है पहिले
यो खुसी दुनियाँमा झन दुःखी किन भको छन् अहिले
गरिब मर्दैछन् भोकले, धनि झन धनि हुँदैछन् अहिले
के हुँदैछ यहाँ भ्रष्टाचार र अपराध को समचार सुन्छु म जहिले
जनमानसको मनमनमा खुसी भर्ने सपना बोकेकोछु मैले
केहि कुरा भन्नुहोस् न कवि ज्यु, जान्नु छ मैले ।।

कवि : ल सुन्नुहोस्
स्वार्थि दुनियामा गर्नुहोस, निस्वार्र्थीको खोज
बाँच्न लाई लाखौँ छन् विकल्प, तर उत्तम रोज
एक्लो देखेर देखाऊलान् सबैले माया
तर यो झिलमिल संसारको कालो छ सोच
यता नि ठिक्क उतानि ठिक्क, गर्छन् मिठा कुरा
तिनै मिठा कुराले सपना तपाईको, नहोला पुरा
मुखमा रामराम भन्छन् राख्छन्, बगलीमा छुरा ।।
थिचोमिचो गर्ने माथि, बन्ने गर्नुस् शेरै
अड्डीने गरेर टेक्नुस चालेका पाइला,
खुट्टा तान्ने छन्, यहाँ धेरै
बललाई बुद्धिले जित्छ, बुद्धिले पाउने सफलता
हिम्मत नभए जान्छ नि खेरै ।।

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

जताततै घुसखोरी यहाँ सज्जन बन्न लुकाउँछन् चेहेरा
अपराध गर्दछन् धेरै फेर्दछन् व्यहोरा
राजालाई मारे, मारे असल नेतालाई
हाम्लाई झन के होर
स्वाभिमानलाई ख्याल गर्नुस, हिड्नुस् नराम्रो कुरा सुधारी
बोल्दछ दुनियाँ सानो गल्तीलाई पनि झन माथि सारी
नाताबाद, कृपाबाद हेर्दछन् यहाँ, हेर्दैनन् पारी
घुस खाना पाए, पछि पर्दैन पुजारी ।।

माया प्रेममा नि यस्तै, बहिर एउटा भित्र अर्कैलाई सजाउने गर्छन्
कानुनमा नि यस्तै, अपराध गर्छ एउटा अर्कै लाई फसाउने गर्छन्
साथित्वमा नि यस्तै, माथि उक्लिन खोज्ने लाई तल खसाउने गर्छन्
राजनीतिमा नि यस्तै, हेर्दैनन् काम खालि नेता लाई तेल घसाउने गर्छन्
अब पछि हटेर होइन, देखाउनु छ जो डटेर
अगाडि बढ्नु छ, रेखा अपराधको मेटेर
सयको सुरू एक बाटै हुन्छ, सुरु गर्नु छ एक पाइला टेकेर ।।

कैलाश खत्री. नलगाड, जाजरकोट
हाल, कपन, काठमाडौँ

WRITE COMMENTS FOR THIS ARTICLE