Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कुर्सी बचाउन र तराईलाई मरुभूमिकरण गर्न गिट्टी–बालुवा निर्यात खोलेको ‘प्रचण्ड’को आरोप, खारेज गर्न माग

कुर्सी बचाउन र तराईलाई मरुभूमिकरण गर्न गिट्टी–बालुवा निर्यात खोलेको ‘प्रचण्ड’को आरोप, खारेज गर्न माग

१९ जेठ, काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने योजना ल्याएको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै यस्ता बताउनुभएको हो ।

तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनताविरोधी काम भएको प्रचण्डको आरोप छ । उहाँले यो जनविरोधी निर्णय भएकोले तुरुन्त खारेज गर्न माग राख्दै प्रतिक्रिया जनाउनुभएको हो ।

सामाजिक सञ्जालमा प्रचण्डले, ‘असंवैधानिक सरकारले बजेट मार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाम मा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’ लेख्नुभएको छ ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम छ ।

 

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE