Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

१० आश्विन, काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। ज्वरो, रूघाखोकी लागेपछि उहाँले पिसीआर र एन्टिजेन्ट परीक्षण गर्नुभएको थियो। खड्कालाई असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको थियो।

महामन्त्री खड्काले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित रहेकोले आफ्नो सम्पर्कमा रहेका सबैमा सतर्कताका लागि अनुरोधसमेत गर्नुभएको  छ।

 

प्रायोजित विज्ञापन
प्रायोजित विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE