Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सप्तकोसी नदीको बहावमा उतारचढाव

१८ असार, काठमाडौँ – विगत केही दिनयता सप्तकोसी नदीको बहावमा उतारचढावको आइरहेको छ । पूर्वीपहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोसीको जलस्तर बढिरहेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोसीको बहाव पूर्वीपहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापनअनुसार कोसी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोसीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE