Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

आज तराई र पहाडका केही भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडाैँ-नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना छ । त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी प¥यो भने ‘भारी वर्षा’ भनिन्छ । तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन भारी वर्षा हुनेछ । महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशको नवलपुरमा १ सय ८ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी स्याङ्जामा १ सय ७ दशमलब ८ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधबारसम्म वर्षाको सम्भावना छ । मंगलबार केही कम वर्षा हुने र बुधवार भारी वर्षा हुने उहाँले बताउनुभयो । प्रायः राति २ देखि बिहान ४ बजेबीच भारी वर्षा हुने गरेको छ । “‘मनसुनको यो ट्रेन्ड नै हो”, बासीले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा बाढी डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । महाशाखाका अनुसार भारी वर्षामा पहिरो र बाढीको बढी जोखिम हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE