Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

निषेधाज्ञाको विकल्पबारे अनुगमन उपसमितिको छलफल, उपत्यका प्रवेश नाकामा अझै कडाई गर्न सुझाव

२२ भाद्र
काठमाडौँ-कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा आइतबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । उपसमितिको सभाकक्षमा भएको छलफलमा सांसदहरूले निषेधाज्ञाको समय बढाउनुभन्दा कोरोना परीक्षणलाई तीव्रता दिन तथा सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित प्रबन्धबारेमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । उपत्यका प्रवेशमा नियन्त्रण गर्न जिल्लाका प्रस्थान बिन्दुहरूमा नै कडाइ गर्ने व्यवस्था मिलाउन सांसदहरूले माग गरेका छन् ।

लामो समयको निषेधाज्ञाले सर्वसाधारणको जनजीवनलाई पारेको भन्दै सो अवधिमा कोभिड नियन्त्रण र रोकथामका लागि कन्ट्याक्ट् ट्रेसिङलाई व्यापक गर्नुपर्ने, पीसीआर परीक्षण, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित व्यवस्था, अस्पतालहरूमा आइसियु र भेन्टिलेटरको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने सुझाव आएको समितिले जनाएको छ ।

छलफलमा नगरपालिका फोरम तथा सङ्घका पदाधिकारीहरूले सरकारले सङ्क्रमित व्यक्तिको क्वारेन्टाइनमा खानाका लागि तोकेका १ सय ७५ रुपियाँ दर निकै कम र सान्दर्भिक नभएकाले त्यसको उचित मूल्याङ्कन हुनु पर्नेमा जोड दिएका छन् । क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न आवश्यक सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने विषयसमेत बैठकमा उठेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE