Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जयवीरसिंहले उम्मेदवारी नै दिएनन्

२८ भदौ, काठमाडौँ – डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बन्नुभएकोछ।

वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ ।जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुनेहुनुभएकोछ। भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिनुभएन अध्यक्ष चेतराम भट्टले भन्नुभयो ।

(जयवीरसिंह) क्रियाशील सदस्य हुनुहुन्छ तर क्षेत्रीय प्रतिनिधिमा उहाँले  उम्मेदवारी दिने मन गर्नुभएन,’ वडा नम्बर १ का भट्टले भन्नुभयो, ‘आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ ।’

उहाँका अनुसार जयवीरसिंहले यसपालि क्षेत्रीय प्रतिनिधि बन्ने आकांक्षा पनि राख्नुभएन ।  वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको भट्टले जानकारी दिनुभयो ।

सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए । डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएको थियो। जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग लिएका थिएनन् उहाँले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE