मलामी चढेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
कञ्चनपुर – मलामी चढेको से १ त ५४२२ नम्बर ट्याक्टर आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्म जोशीका अनुसार मृत्यु हुनेमा बेदकोट नगरपालिका ४ बैतोडाका ३२ वर्षीय प्रेम धामी र ३३ वर्षीय राजेन्द्र जाग्री रहेका छन्। मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
प्रहरी निरीक्षक जोशीका अनुसार घाइतेमध्ये चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र लगिएको छ। अन्यको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मलामी फर्कने क्रममा दुर्घटना भएको बताइएको छ। दुर्घटना हुनुको कारण भने खुल्न नसकेको भए पनि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE