Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

थप २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

७ असार, काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९ सय ४० रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE