Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

संक्रमण बढेपछि दोरम्बा गाउँपालिकाको सबै नाका बन्द

सिंहराज योन्जन
३० वैशाख, रामेछाप –
संक्रमणको दर बढ्दै गएपछि दोरम्बा गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । संक्रमण नियन्त्रणका लागि गाँउपालिकाले गाउँपालिका प्रवेश गर्ने मुख्य नाका ताम्चेत, फुलासी पोखरी ,गाल्पा बजार, लखनपुर, पुँडिटार र खोलाखर्क नाका बन्द गरेको हो ।

गाँउपालिकामा ७० प्रतिशत भन्दा बढीमा संक्रमण फैलिएको कारण सबै सीमा नाका बन्द गरिएको गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तानले बताउनु भयो ।

दोरम्बा ५, रजमन्टारमा १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रत्येक घरको एक जनाको दरले केही दिन अघि २८ जनाको पीसिआर परीक्षणका लागि श्वाव संकलन गरिएको थियो ।

मोक्तानको भनाइ अनुसार हिजो मात्र रजमन्टारमा १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । रजमन्टारमा १०० भन्दा बढी स्थानीयवासी विरामी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE