Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अक्टोबर १ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

६ असोज
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुसार अक्टोबर महिनादेखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ ।

अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडीका दोहा,कुवेद र रियादमा पनि नियमित उडान गर्ने बताएको हो ।

यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ । यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE