दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
१४ फागुन
काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा हुन ।
बिहिबार बेलुका ७ बजे तिर पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE