Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

अमेरिकी राष्ट्रपतीय निर्वाचन : मतदान सम्पन्न नतिजा आउन सुरू

१९ कात्तिक
एजेन्सी कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देश अमेरिमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । विश्वलाई नै केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय निर्वाचितमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् ।

निर्वाचन सकिए संगै कतिपय ठाउँका नतिजा समेत आउन थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए ।

५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको मतपरिणाम सार्वजनिक भएको छ । बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा विजेता हुन २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE