रामेछापको बाम्तीभन्डारमा आगलागी, २ जनाको मृत्यु
- अनिता थापा मगर
२० वैशाख, रामेछाप – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलमा आगलागी भएको छ । आगलागीबाट बाम्तीभन्डार लहरेटोलका वृद्ध दम्पत्तीको मृत्यू भएको छ ।
गएराती करिव १२ वजे भएको आगलागीमा परी ७८ वर्षीय धनवहादुर कार्की र ६८ वर्षीया सिता कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार ढुङ्गा माटोले बनेको दुुईतले घरमा राति अकस्मात आगलागी भएपछि धनवहादुर कार्कीका ३५ वर्षीय छाेरा मनमोहर कार्की, ३२ वर्षीया कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हामफालेर बाँच्न सफल भएका छन् ।
राति अकस्मात घरमा लागेको आगो निभाउन स्थानिय र वाम्ती प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आगो निभाउन नसक्दा घर पूर्णरुपमा क्षति भएको छ भने लाखौँ धनजनको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनापछि मृतक धनवहादुर र उनकी श्रीमती सिताको शव खनेर निकालिएको छ । मृतकको शवको मुुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयहरुले राति घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुुगेको थियो । घटनास्थल पुगेको प्रहरी प्रवक्ताको टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE