जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु’ – ओली
१८ फागुन
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाहेकका केन्द्रीय सदस्यहरूलाई कुनै पनि बेला हटाउन सक्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० आफू पक्षीय समूहको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रमुख सचेतक देव गुरुङलाई पहिले आफैंले राखेर पछि हटाएको उदाहरण दिए। ‘जुन हातले नाम लेख्यो, त्यही हातले नाम काट्न सक्छ। नियुक्ति दिनेले नियुक्ति खोस्न पनि सक्छ। जरुरी परे कुनै पनि बेला केन्द्रीय सदस्य हटाउन सक्छु,’ उनले भने। एकतापछि बनेका केन्द्रीय सदस्यहरूलाई आफूले मनोनीत गरेकाले उनीहरूलाई हटाउने अधिकार पनि आफूसँग भएको उनको जिकिर थियो।
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई बहुमत भए आफूले बोलाएको बैठकमा आएर पुष्टि गर्न चुनौती दिए। ‘उहाँहरू बहुमत छ भन्नुहुन्छ तर बहुमत कहाँ पुष्टि भयो रु’ उनले भने, ‘त्यो बहुमत होइन। कार्की बैंकेटमा भोज खान आएका मान्छेलाई गनेर हामीसँग यति मान्छे छन् भनेर बहुमत पुग्छ रु पार्टीले बोलाएको, अध्यक्ष र महासचिवले बोलाएको बैठकमा विधिवत् रूपमा आउनुपर्यो नि १’ उनी दाहाल–नेपाल समूहले दाबी गरेको बहुमत आफैंले दिएको भन्नसमेत पछि परेनन्। ‘उनीहरूले भनिरहेको बहुमत मैले दिएको हुँ, एकताका लागि भनेर दिएको हुँ। महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको हो र त्यो रु त्यसैले उनीहरूलाई हटाउने अधिकार पनि मसँग छ।’
यो खबर नागरिक दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE