प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ
१४ माघ
काठमाडौं – सरकारले कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बुधबार० बिहान साढे १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुभएको हो । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।
खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । पहिलो चरणमा भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज लगाउन लागिएको हो । ‘स्वास्थ्या समृद्धि र सुरक्षा कोभिड(१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका सरकारले खोप अभियान सुरू गरेको छ ।
प्रदेश १ मा ९६ हजार, प्रदेश २ मा ३४ हजार, बागमतीमा ७६ हजार डोज खोप भण्डारण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा ४० हजार, लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार खोप पुर्याइएको छ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । ‘कोभिशिल्ड’ खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।
पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज १२ हजार लाई खोप दिइँदै छ । उहाँले भन्नुभयो, ‘आजको दिन १२ हजार व्यक्तिले खोप प्राप्त गर्नेछन् । र, यो निरन्तर जारी रहने छ ।’नेपालमा पहिलो ‘कोभिशिल्ड’ खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउनु भएको छ ।
नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।
‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने छ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE