नेपाली कांग्रेस काठमाडौं चनखु सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण
अनिता थापा मगर
४ जेठ, रामेछाप – नेपाली कांग्रेस काठमाडौँ चनखु सम्पर्क समितिद्वारा चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै औषधि लगायत अन्य स्वास्थ्य सामाग्रीको अभाव हुन सक्ने भन्दै सम्पर्क समितिले चनखुले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।

तत्काल स्वास्थ्य सुरक्षा सामाग्री तथा औषधी अभाव नभएपनी संक्रमण फैलिदै जादा अभाव हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाडौँ सम्पर्क समितिका सभापती मोहन बुढाथोकीले बताएका छन् ।
मन्थली नगरपालिका–१० चनखु स्थायी घर भई काठमाडौँमा बसोवास गर्ने कांग्रेस निकटका व्यक्तिहरुले सहयोगमा स्वास्थ्य संस्थालाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

मन्थली १० चनखुका नेपाली कांग्रेसका सभापती गोपाल तामाङ्ग र सम्पर्क समितिका सभापती मोहन बुढाथोकीले पीपीइ सेट ५ थान, थर्मगन २ थान, अक्सोमीटर २ थान लगायत २० प्रकारका औषधी चनखु स्वास्थ्य चौकीका प्रमुख सरोज शर्मालाई हस्तान्तरण गरेको नेपाल तरुण दलका क्षेत्रीय सदस्य तथा नेपाली कांग्रेस काठमाडौं चनखु सम्पर्क समितीका सल्लाहकार हरिबिक्रम कार्कीले जानकारी दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE