Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अफगानिस्तानमा विस्फोट हुँदा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

३ आश्विन, एजेन्सी – अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् ।  ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले बताएको छ ।

तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुईजना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE