मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्काशनका लागि अनुमति
मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्काशनका लागि अनुमति
१ साउन, काठमाडौं– मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
आइपीओ निष्काशनका लागि मानुषी लघुवित्तले गत वैशाख १३ गते र सानिमा लाइफ इन्स्योरेन्सले गत जेठ ९ गते बोर्डसँग अनुमति मागेका थिए ।
निष्काशन पाएका कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३–३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE