Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गुडीरहेको अटोमाथि बाघको आक्रमण

१५ चैत्र
काठमाडौं –
वीरगञ्जमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ बाघले आक्रमण गरेको जनाइएको छ ।

प्रहरीका अनुसार बाघले आक्रमण गरेको अटोमा चालकसहित तीन जना सवार थिए । अटोमाथि एक्कासी बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टिए पनि कुनै मानवीय क्षति हुनबाट भने जोगिएको बताइएको छ ।

दुर्घटनाबाट अटोरिक्साको अगाडिको भागको सिसा फुटेको र छत कुच्चिएको प्रहरीले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE