Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रारम्भिक मत परिणाम : अबको संसद अस्थिर हुने आँकलन

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आँकलनहरु हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ ।

घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन् । नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ । प्रारम्भिक परिणामहरु हेर्दा ठूला तथा पुराना दलका नेताहरुलाई पाखा लगाउँदै संसदमा थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्था देखिएको छ ।

यसले राजनीतिक स्थायित्व माथि नै प्रश्नचिन्ह खडा गर्नसक्ने विश्लेषण हुन थालेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल संसदमा १० भन्दा बढी राजनीतिक दलहरुको प्रतिनिधित्व हुने बताउँछन् । धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद अस्थिर हुनसक्ने उनको भनाइ छ ।

उनले संसदमा वि.सं. २०५१ साल पछिको भद्दा राजनीतिक खेल हुनसक्ने टिप्पणी गरे । नेपाली काँग्रेस पहिलो पार्टी हुने, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने उनले आँकलन गरे ।

उनले भने, ‘पहिलो पार्टी त नेपाली काँग्रेस नै हुन्छ । तर समानुपातिकले नेपाली काँग्रेसलाई यो पटक भयानक पछाडी पा¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै लगिदियो काँग्रेसको भोट जति । काँग्रेसलाई तह लगाउन पनि समानुपातिकमा घण्टीमा भोट हाले । समानुपातिकमा निकै माथि आउँछ घण्टी । संसदमा दश वटा पार्टी त निश्चित आउने भए । बहुमत कसैको हुँदैन । खेल फेरि ५१ साल पछिको निर्वाचन पछिको जुन खालको नेपालमा भद्दा खेल भयो राजनीतिक संस्कारको त्यही खेल फेरि दोहोरिने खतरा बढेको छ । यो सत्य हो ।’

उहाँले सत्तारुढ गठबन्धनले अझैपनि बहुमत ल्याउनसक्ने सम्भावना भने कायम रहेको उल्लेख गरे । अब बन्ने सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्नसक्ने उनको भनाइ छ ।

यद्यपी निर्वाचनमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको भन्दै उनले गठबन्धन टुट्न सक्ने पनि बताए । गठबन्धन टुटेको अवस्थामा नेपाली काँग्रेस र नेकपा ९एमाले० को सरकार बन्नसक्ने उनले उल्लेख गरे । उनले काँग्रेस बाहेकका शक्तिको सरकार बन्नसक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताए ।

संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रश्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चलेपनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिने उनले बताए । त्यस्तै वरिष्ठ पत्रकार दाहालले नयाँ राजनीतिक दलहरुले पुरानो शैलीका कुराहरुलाई दोहो¥याएका छन् ।

उनले वैचारिक रुपमा पनि नयाँ हुनुपर्ने र कर्म, व्यवहार र आचरणले नयाँपन दिन सक्नुपर्नेमा जोड दिउ । नयाँ उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचनका क्रममा गरेका खर्चलाई पारदर्शी बनाउन र सार्वजनिक गर्न उनले आग्रह गरे ।

आम्दानी र खर्च पारदर्शी भएमा नयाँ कामको थालनी हुने उनको भनाइ छ । उनले भने, ‘बैचारिक रुपमा सशक्त हो कि, वैचारिक रुपमा नयाँ हो कि, कर्मले, व्यवहारले नयाँ हो कि, आचरणले नयाँ हो कि ? योग्यता र सामथ्र्यले नयाँ हो कि ? पुरानै शैलीका जम्मै कुरा दाहो¥याउने अनि भन्ने नयाँ पुस्ता ? यसबाट काम लाग्दैन । नयाँ व्यक्ति र पार्टीहरुलाई मेरो आग्रह, उहाँहरुलाई प्रश्न गर्नुपर्छ, यो निर्वाचनका क्रममा उहाँहरुले गर्नुभएको खर्च र आम्दानी सार्वजनिक रुपमा घोषणा गर्नुपर्छ । श्रोत खोल्नुपर्छ । उहाँहरुले नढाँटीकन भन्नुभयो आम नागरिकलाई, उहाँहरुले नयाँ कामको थालनी गर्नु हुनेछ । पारदर्शी हुनुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE