Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

फुलासी लालीगुँरास युवा क्लवद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर, माक्स हस्तान्तरण

२६ जेठ, रामेछाप – मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा संस्थाले स्थानीयलाई स्वास्थ्य सेवा सहज र सुलव होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वितरण गरेको हो  । 

संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो । संस्थाको दोस्रो चरणको कार्यक्रम अर्न्तगत ४ थान अक्सिजन सिलिण्डर र ५ हजार थान माक्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको संस्थाको अध्यक्ष सन्तोष चौहानले जानकारी दिनुभएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) रामेछापको नेता राम तामाङको उपस्थितीमा भएको थियो । तामाङले विश्वमा रहेको महामारीलाई नियन्त्रण तथा निर्मुल गर्न राज्य सत्ताको साथ साथै संघसस्था र राजनीतिक सत्ता पनि सकृय हुनुपर्ने बताउनुभयो । उहाँले फुलासी लालीगुँरा युवा क्लवले गरेको काम धेरै राम्रो र सराहनीय भएकोले संस्थालाई धन्यवाद दिनुभएको छ ।

त्यस्तै फुलासी स्वास्थ्य चौकीका अध्यक्ष सोम बहादुर लामा अहिलेको यो विषम अवस्थामा सरकारले गर्न नसकेको काम संस्थाले गरेको भन्दै धन्यवाद दिनुभएको छ । उहाँले संस्थाले सहयोग गरेको माक्स, अक्सिजन सिलिण्डरका कारण अहिले स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढेको समेत बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाको सचिव  उमेश कार्कीले सञ्चालन गर्नुभएको थियो । कार्कीले जनतालाई समस्या परेको बेला संस्था सधै जनताको साथमा रहने बताउनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE