Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बेसार पानी र गुर्जो प्रभावकारी भएको कोरोना संक्रमण जित्नेहरुको दावी

२७ भाद्र 

काठमाडौं – कोरोना संक्रमण जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेसार पानी र गुर्जो प्रभावकारी भएको बताएका छन् ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका कर्मचारी शिवहरि आचार्यले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमण जितेको दाबी गर्नुभयो ।

आचार्यले कोरोना पुष्टि भएपछि परिवारसँग छुट्टै रहेर होम आइसोलेसनमा बसेको बताउनुभयो । कोरोना पुष्टि भएको १६ औ दिनमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि २१ दिनसम्म बसेको र कोरोना जितेर आफु कार्यालयको नियमित कार्यमा फर्किएको उहाले बताउनुभयो ।

यस्तै कोरोना जितेका स्वास्थ्य सेवा विभागमा कार्यरत सवारी चालक उत्तर कुमार काफ्लेले आफुमा लक्षण नभएकाले आफुले सजिलै कोरोना जितेको बताउनुभयो ।

 

काफ्लेले संक्रमण नदेखिएकाहरुमा भोलि संक्रमण हुनसक्ने भएकाले कोरोनाबाट बच्न सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE