Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

काठमाडौं एकैदिन ६१८ कोरोना संक्रमित थपिए

१ असोज

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय १८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ५ सय ७ संक्रमित थपिएका छन् भने ललितपुरमा ६१ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५० जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १४ हजार २ सय ५१ पुगेको छ । यसमध्ये काठमाडौमा ११ हजार ७ सय ४२ , ललितपुरमा १ हजार ३ सय ४६ जना र भक्तपुरमा २ सय ९३ जना संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE