नगर विकास कोष ३४ औं वर्षमा प्रवेश

२ फागुन, काठमाडौं- नगर विकास कोष सोमबारबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ । नगरपालिका र नगरउन्मुख शहरहरुमा पुर्वाधार विकास तथा क्षमता विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आईरहेको यो कोष आज भन्दा ३३ वर्ष पहिला आजकै दिन स्थापना भएको हो । बाट ३४ औँ वर्षमा प्रवेश गरेको हो । कोषले नगर तथा नगरउन्मुख शहरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको छ ।
सोमबार कोषको ३४ औं वार्षिकोत्सबको अवसरमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा कोषले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरु मध्य उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्न लागिएको कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
सन्तुलीत शहरी पुर्वाधार विकास , वातावरणमैत्री पुर्वाधार र व्यवस्थित शहर निर्माणतर्फ कोषको उदेश्य अनुरुप व्यावसायिक योजना तथा कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा अधि बनाउन कोष प्रतिवद्द रहेको निर्देशक सापकोटाले बताउनुभयो । उहाँले कोषको उदेश्यअनुरुप थप जिम्मेवार भएका अघि बढ्ने प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE