Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सरकारले खरबौंको सेटिङमा योजनावद्ध भ्रष्टाचार गरिरहेको : ओलीको आरोप

२ अश्विन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङमा खरबौंको खेल गरेको आरोप लगाउनुभएको छ । उहाँले आज पार्टी निकट कर्मचारी संगठनको भेलामा भन्सार छुट दिने या नदिने व्यवस्था गरेर खरबौंको खेल खेलेको आरोप लगाउनुभएको हो ।

‘सोझैं सेटिङमा अरबौंको मात्र होइन खरबौंको खेल भएको छ,’ ओलीले भन्नुभयो, ‘भन्सार कस्लाई छुट दिने र कस्लाई नदिने खेल भएको छ ।’ उहाँले खरबौंको तल माथि पर्ने गरी सेटिङ भएको भन्दै सरकारले भ्रष्टाचार योजनावद्ध गरिरहेको आरोप लगाउनुभयो। देशमा भ्रष्टाचारका लागि सेटिङ भइरहेको टिप्पणी गर्नुभयो।

कर्मचारीलाई घूस खुवाउन आउँदा पनि खान्न भन्ने हिम्मत गर्न  उहाँले भन्नुभयो, ‘म कमिशनको एजेन्ट होइन भन्न सक्नुपर्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE