Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

२ असार, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र   देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन ।  केही दिनयता दुवै पक्षकानेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल  भइरहेको तरसहमतिको  खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका  नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही  दिनमा सहमतिसाथ  थायी  कमिटी  बैठक  बस्नसक्ने बताए ।

केही  सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा  स्थायी  कमिटीको  बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको     प्रवक्ता ज्ञवालीले  बताए    ।

प्रदेश १, बागमती,  कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका  लागि  वातावरण तयार पारेको धारणा उनको छ । यो समाचार गोरखपात्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE