Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोरोना भाइरसका कारण हालसम्म विदेशमा रहेका २ सय ८४ नेपालीको मृत्यु

९ कात्तिक
काठमाडौं
– कोरोना भाइरसको महामारीका कारण विश्वभर २ सय ८४ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार यस साता साउदी अरबमा थप एक नेपालीको मृत्यु भएसँगै कोरोनाका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ८४ पुगेको हो ।

हालसम्मको विवरण अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ । यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै, संघले कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी रहेको जनाएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE